• यादव राज़ रौतहट//मौलापुर नगरपालिकाको चौथौं नगर सभाको अधिवेशन आज सम्पन्न भएको छ । मौलापुर नगरपालिकाका समृद्धि बिकास र स्थानिय तहको कानुन निमार्ण देखी निती कार्यान्वन तथा चालु आर्थिक वर्षको बिनियोजित योजनाको बिषयमा ऐतिहासिक निर्णय गदै आज मौलापुर नगरपालिकाको चौथौं नगर सभा सम्पन्न गरेको छ।

    मौलापुर नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको नितित्त स्थानीय कर तथा शुल्क निर्धारण गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले नेपालको संविधानको धारा २२८ को उपधारा (२) ले दिएका अधिकार प्रयोग गरी संविधान धारा २२६ को उपधारा (१) बमोजिम मौलापुर नगर सभा बाट पारित गरी ऐन बनाउनका निमित्त नगर सभामा पेश गर्न नगर कार्यपालिकाले यो विधेयक स्वीकृत गरेको छ।

    आ.व. ०७७/०७८ मा लागु हुने एकीकृत सम्पति करको दर रू. पचास लाख सम्मको कर छूट गरिएको छ। र ५० लाख देखी ६० लाख सम्मको कर रू. १५००/- ,६० लाख देखी ७० लाख सम्मको कर रू. ३०००/- , ७० लाख देखी ८० लाख सम्मको कर रू. ६०००/- , ८० लाख देखी १ करोड सम्मको कर रू. १०,०००/- ,१ करोड देखी २ करोड सम्मको कर रू. १५,०००/- , २ करोड देखी ५ करोड सम्मको कर रू ३०,०००/-, ५ करोड भन्दामाथी ५०,०००/- लागने अनुसूची १ को दफा ३ संग सम्बन्धित नियमको अधार मानी कर महसुल राखेका छ्न्।


    नगर सभाका सभाअध्यक्ष तथा मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साहले मौलापुर नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको बिबरण प्रस्तुत गर्न नगर अधिकृत सिकेन्द्र साहलाई अनुरोध गरिएको थियो । प्रस्तुत संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको योजना पारित गरिएको छ् ।