• २४ असार २०७७
  • (Wednesday 08 July, 2020)

    चन्द्रभुषण साह //“जब भयो राति तब बूढी ताति” भन्ने झैं आ.व.को अन्तयमा आएर ३ महिना काम ९ महिना आराम गर्ने विकास निर्माणसंग जोडिएका हाम्रा कर्मचारी प्रशासनदेखी लिएर चाटुकार उपभोक्ता समिति, वडा-टोलका छोटे राजा, पालिका डन, बिधायक बाबू र केहि संघीय सांसद महोदयहरु समेत कथित बर्खे विकासको आड/नाममा कमिशन(पिसी) एवं भ्रष्टाचारको खेलमा चुर्लुम्म डुबेको कुरा विगत वर्ष झैँ यस वर्ष पनि चौतर्फी चर्चा-परिचर्चाको विषय बन्न पुगेको छ ।

    गाँउ-घरका अधिकांश लाभग्राही जनता खेतीबाड़ीको आफ्नै दैनिकीमा अस्तव्यस्त रहेको समयमा विलकुल अपारदर्शी ढंगले अव्यवस्थित नला-ढलान, माटो-बालुवा-गिट्टी(ग्रेभल) तथा बांध-तटबंधको नाममा सोझै असारे बजेट कुमल्याउने काम अहिले जताततै/यत्रतत्र भैईरहेको छ । यस कार्यमा भ्रष्ट नेता – कर्मचारीहरुलाई कमिशन(पिसी) पनि धेरै आउने तथा वर्षाले भएभरको माटो-बालुवा-गिट्टी तथा बांध-तटबन्ध सबै बगाएर लग्यो भन्दै ठोस रुपमा जवाफदेही समेत हुन नपर्ने देखिएकोले पछिल्लो समय भ्रष्टाचार एवं ब्रह्मलुट मच्चाउनेहरुका लागी यो क्षेत्र र समय पहिलो रोजाई/प्रथामिकतामा पर्न थालेको छ ।

    यी र यस्ता विभिन्न घटना-परिघटनाहरुलाई समग्रमा हेर्दा मानव जातिमाथीको कलंकको रुपमा भ्रष्टाचार रुपी जीवाणु दिनप्रतिदिन तलदेखि माथीसम्म संस्थागत रुपमैं जड़ मजबूत गर्दै गईरहेकोले यसको चोतर्फी भण्डाफोड़, प्रतिरोध एवं प्रतिकार जनस्तरबाट नै हुनुपर्ने आजको प्रमुख आवश्यकता/अपरिहार्यता हो ।

    Ilभ्रष्टाचार पर प्रहार करु ll
    Ilअपन देशसे प्यार करु ll

    प्रतिक्रिया पोस्ट गर्नुहोस्

    Your email address will not be published. Required fields are marked *